जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा, उपाधिका लागि बेरेटिनी भिड्ने

काठमाडौं : डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार राति भएको खेलमा डेनिस शापोभालोभलाई पराजित गर्दै जोकोभिच फाइनल प्रवेश गरेका हुन् । ३४ वर्षे जोकोभिचले डेनिसलाई ७–६, ७–५ र ७–५ को सेटमा पराजित गरेका हुन् । २० औं ग्राण्डस्लाम उपाधि नजिक रहेका जोकोभिचले अब उपाधिका लागि इटालीका सातौं वरीयताका माटियो […]

Continue Reading

नोभाक जोकोभिचले जिते फ्रेन्च ओपनको उपाधि

काठमाडौं : सर्बियाका विश्व नं. १ खेलाडी नोभाक जोकोभिचले यस वर्षको फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । पेरिसमा आइतबार राती भएको पुरुष एकलको फाइनलमा जोकोभिचले ग्रिसका स्टेफानोस सिसिपासलाई पाँच सेट खेलेर हराउँदै करियरमा दोस्रोपटक फ्रेन्च ओपन जितेका हुन्। उपाधि जित्ने क्रममा विश्व नम्बर जोकोभिचले पाँचौं वरीयताका स्टेफानोसलाई ६–७(६–८), २–६, ६–३,६–२ र ६–४ को सेटमा […]

Continue Reading

बारबोरा क्रेजसिकोभाले जितिन् महिलातर्फको फ्रेन्च ओपन

काठमाडौं । जारी फ्रेन्च ओपन २०२१ को महिलातर्फको उपाधी चेक गणतन्त्रकी बारबोरा क्रेजसिकोभाले जितेकी छन् । गएराती सम्पन्न फाइनल खेलमा क्रेजसिकोभाले रसियाकी आनास्तासिया पाभल्यु चेनकोभालाई ६-१, २-६, ६-४ को सेटमा पराजित गर्दै आफ्नो पहिलो ग्राण्डस्लाम उपाधी जितेकी हुन् । फिलिप च्याटरियर कोर्टमा भएको फाइनल खेलमा क्रेजसिकोभा फ्रेन्च ओपन जित्ने पहिलो चेक गणतन्त्रकी महिला खेलाडी समेत […]

Continue Reading

स्वास्थ्यको कारण देखाउदै रोजर फेडेररले लिए फ्रेन्च ओपनबाट नाम फिर्ता

काठमाडौं । २० पटकका ग्राण्डस्लाम च्याम्पियन रोजर फेडेररले फ्रेन्च ओपन टेनिस प्रतियोगिता छाड्ने घोषणा गरेका छन् । आफ्नो स्वास्थ्यको कारण देखाउदै जारी फ्रेन्च ओपनको चौथो राउण्डमा पुगेका फेडररले नाम फिर्ता लिएका हुन् । घुँडाको शल्यक्रियापछि निरन्तर समस्यासँग जुधिरहेका उनले शरिरलाई थप दबाब नदिनका लागि यस्तो निर्णय लिएको बताएका छन् । ‘घुँडाको दुई सर्जरीपछि र एक […]

Continue Reading

डानिले कोलिन्सलाई पराजित गर्दै फ्रेन्च ओपनको अन्तिम १६ मा सेरेना विलियम्स

एजेन्सी । पूर्व विश्व नम्बर एक सेरेना विलियम्स फ्रेन्च ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेकी छिन् । कीर्तिमानी २४औं ग्राण्डस्लाम उपाधि जित्ने लक्ष्यमा रहेकी सेरेनाले डानिले कोलिन्सलाई ६–६ र ६–४ ले हराएर चौथो चरणमा स्थान पक्का गरेकी हुन् । सातौं वरियाता प्राप्त अमेरिकाकी ३९ वर्षिया सेरेनाले अब एलिना रेबाकिनाविरुद्ध खेल्नेछिन्। सातौं वरियाताकी सेरेना अहिले प्रतियोगितामा […]

Continue Reading

मिडियासँग नबोल्दा जरिवना लागेपछी ओसाकाले गरिन् फ्रेन्च ओपन बहिस्कार

काठमाडौँ : विश्व वरीयतामा दोस्रो स्थानमा रहेकी जापानी खेलाडी नाओमी ओसाकाले फ्रेन्च ओपन टेनिस बहिस्कार गरेकी छिन् । मिडियासँग कुरा नगरेका कारण आयोजकबाट चेतावनी खेप्नु परेपछि ओसाकाले जारी फ्रेन्च ओपन बीचैमा छाड्ने निर्णय गरेकी हुन्। २३ वर्षीया ओसाकाले आफ्नो ट्विटरमार्फत एक सन्देश सार्वजनिक गरी प्रतियोगिताका बाँकी खेलमा सहभागी नहुने जानकारी दिएकी छिन् । ‘सन् २०१८ […]

Continue Reading

पत्रकार र मिडियालाई बहिष्कार गर्ने ओसाकालाई ग्राण्डस्लामबाटै निष्कासन गर्ने चेतावनी

काठमाडौं, जेठ १७ : पत्रकार र सञ्चारमाध्यमलाई बहिष्कार गरेकी विश्व नम्बर २ जापानकी स्टार टेनिस खेलाडी नाओमी ओसाकालाई फ्रेन्च ओपन र भविश्य सबै ग्राण्डस्लामबाट निष्कासन गर्ने चेतावनी आयोजकले दिएको छ । फ्रेन्च ओपनमा पहिलो चरणको जितपछि संचारमाध्यमसँग कुरा नगरेका कारण उनलेलाई १५ हजार अमेरिकी डलर जरिवाना गरिएको छ। मिडियासँग कुरा नगर्ने कार्यलाई निरन्तरता दिएमा उनलाई […]

Continue Reading

जोकोविचलाई हराउँदै नाडालले १० औं पटक जिते इटालियन ओपन

काठमाडौं । नोभाक जोकोविचलाई हराउँदै राफेल नाडालले १० औं पटक इटालियन ओपनको उपाधि जितेका छन् । इटलीको रोममा सम्पन्न खेलमा विश्व नम्बर १ जोकोविचलाई ७–५, १–६ र ६–३ ले हराउँदै नाडालले उपाधि उचालेका हुन्। पहिलो सेट ७–५ ले जितेका दोस्रो वरियाताका नाडालले दोस्रो सेट भने १–६ ले सर्वियन जोकोभिचलाई सुम्पिएका थिए । निर्णायक सेट ६–३ […]

Continue Reading

मड्रिड ओपन : विश्व नम्बर एक बार्टीलाई हराउँदै साबलेन्काले जितिन् उपाधि

काठमाडौं। विश्व नम्बर एक असलेघ बार्टीलाई २–१ को सेटमा हराउँदै आर्यना साबलेन्काले मड्रिड ओपनको उपाधि जितेकी छिन्। बेलारुसकी साबलेन्काले पहिलो सेट २५ मिनेटमै ६–० जितेकी थिइन्। बार्टीले अंक जोड्न नसकेको चार वर्षमा यो पहिलो हो। दोस्रो सेट बार्टीले ६–३ ले जिते पनि अन्तिम सेट साबलेन्काले ६–४ ले आफ्नो पक्षमा पार्दै उपाधि जितिन्।

Continue Reading

राफेल नडाल र नाओमी ओसाकालाई ‘लाउरेउस’ अवार्ड

एजेन्सी । स्पेनिस टेनिस खेलाडी राफेल नडाल र जापानिज खेलाडी नाओमी ओसाकाले ‘लाउरेउस’ स्पोर्ट्स अवार्ड प्राप्त गरेका छन् । पुरुषतर्फ वर्षको उत्कृष्ट खेलाडी बन्दै नाडालले ‘वल्ड स्पोर्ट्सम्यान अफ दि इयर’ अवार्ड जिते । सन् २०२० मा नाडालले फ्रेन्च ओपन जित्दै सर्वाधिक धेरै ग्राण्डस्लाम विजेता रोजर फेडेररको कीर्तिमानीसँग बराबरी गरेका थिए । ओसाका ‘वल्ड स्पोर्ट्स वुमन […]

Continue Reading